Rule 26
वैयक्तिक विवरण फाराम
: (१) पहिलो पटक नियुक्ति भएका प्रत्येक सशस्त्र प्रहरी कर्मचारीले परीक्षणकाल समाप्त भएको तीस दिन भित्र अनुसूची–६ बमोजिमको ढाँचामा चार प्रति वैयक्तिक विवरण फाराम भर्नु पर्नेछ ।
(२) सबै तहका सशस्त्र प्रहरी कर्मचारीको वैयक्तिक विवरणको अभिलेख सशस्त्र प्रहरी कितावखाना तथा प्रधान कार्यालयले राख्नेछ र देहायका सशस्त्र प्रहरी कर्मचारीको अभिलेख देहाय बमोजिमका कार्यालयले समेत राख्नेछ :–
(क)   सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी महानिरीक्षकसम्मको मन्त्रालयले,
(ख)   सम्बन्धित क्षेत्रका सबै तहका सशस्त्र प्रहरी कर्मचारीको सम्बन्धित क्षेत्रीयस्तरको सशस्त्र प्रहरी कार्यालयले ।
      (३)  सशस्त्र प्रहरी कर्मचारीको सरुवा, बढुवा, विभागीय कारबाही लगायतका सबै विवरणहरु वैयक्तिक विवरणमा जनाई अध्यावधिक गरी राख्नु पर्ने दायित्व उपनियम (२) बमोजिम अभिलेख राख्ने कार्यालयहरुको हुनेछ ।